Hello world!

Welcome to WordPress.com. After you read this, you should delete and write your own post, with a new title above. Or hit Add New on the left (of the admin dashboard) to start a fresh post.

Here are some suggestions for your first post.

  1. You can find new ideas for what to blog about by reading the Daily Post.
  2. Add PressThis to your browser. It creates a new blog post for you about any interesting  page you read on the web.
  3. Make some changes to this page, and then hit preview on the right. You can always preview any post or edit it before you share it to the world.
Posted in Uncategorized | 1 Comment

अमेरिकामा ‘लुट–२’

-हरिहर शर्मा-

नेपालमा ‘लुट–२’ बनिसकेको छैन । तर मलाई ‘लुट–२’ हेरेजस्तो लाग्यो, जब मैले अमेरिकामा आफ्नो नेपाली सिनेमा ‘लुट’ हेर्न पाएँ । पर्दामा बगेका ‘लुट’का दृष्यहरु त उस्तै थिए । तर मैले जसरी र जुन वातावरणमा सिनेमा हेर्ने मौका पाएँ, मलाई ‘लुट’ भन्दा ‘लुट–२’ बढी सुन्दर लाग्यो । ऋचा शर्माको छोटो दृष्य अरु मीठो लाग्यो । सौगात मल्लको कलाले फेरि एकपटक सन्तुष्ट बनायो । पहिले ‘लुट’ हेर्दा समात्न नपाइएका दृष्यहरु अहिले ‘लुट–२’ हेर्दा मजाले छुन पाइयो । नेपालमा ‘लुट’ हेर्दा खड्किएका केही दृष्य अमेरिकामा ‘लुट–२’ हेर्दा उति खड्किएनन् । फेरि पनि अपेक्षा भइरह्यो, नेपाली सिनेमा सुधारको । आशा जागिरह्यो, नेपालमा बनेका स्तरीय सिनेमा यसैगरी हेर्न पाइयोस् ।

लामो समय अमेरिकामा बस्दै आएका नेपालीमाँझ बद्लिएको नेपाल चिनाउने राम्रो बहाना बन्यो ‘लुट’ । मैले ‘लुट’ का नाममा मजाले धाक देखाएँ नेपाली सिनेमाबारे । ‘हाम्रो देशमा स्तरीय सिनेमा बन्न थालेछन्’, यस्तै प्रतिक्रिया सुन्न पाइयो । मलाई लाग्यो–एउटा राम्रो सिनेमा मात्र हेर्दा विदेशमा बसेका नेपाली नेपालप्रति यति सकारात्मक हुन्छन् भने सिनेमामा देखिएका सुधार राजनीति, अर्थतन्त्र र सुरक्षाव्यवस्थामा पनि देखिए विदेशिएका नेपाली मनहरु अवश्य पग्लिँदा हुन्, जो देशको असङ्गगतिबाट विरक्तिएका थिए/छन् । त्यतिखेर भावुकता र उत्तेजनामिश्रित भाव मेरो मनमा जाग्यो, ‘अब ‘लुट’को सुरुवातलाई सिनेमाक्षेत्रले मात्र हैन, समाजका हरेक इकाइ र संस्थाले प्रेरणाको रुपमा लिनुपर्छ ।’

‘लुट’मा पैसा, बेरोजगारी र सडकको जिन्दगी देखाउने क्रममा कोटेश्वर चोक देखापर्दा मलाई आफ्नो माटो याद आयो । पर्दामा कोटेश्वर–सूर्यविनायकको फराकिलो सडक देख्दा त्यो बाटोमा दर्जनौँपटक गरेका यात्रा मात्र ताजा भएनन्, (स्तरीय बाटोमा समेत) लेन अनुशासन नमान्ने नेपाली पारा सम्झना भयो । अमेरिकामा बस्ने नेपालीको सङ्ख्या लाखौँमा गणना हुन थालिसक्यो । अमेरिकामा बस्दा नियमकानुन (ट्राफिक, फोहोर व्यवस्थापन, लाइनमा बस्ने बानी) मजाले पालना गर्ने अधिकांश नेपाली नेपाल फर्केपछि पुरानै पारा देखाउन थाल्छन्, अचम्म छ । अमेरिका बसेर नेपाल फर्केका केही नेपालीको व्यवहारमा देखिएको कुरा यो । मानौँ, अनुशासन अरु कसैका लागि पालना गरेजस्तो !

अमेरिकामा ‘लुट’ वितरणको जिम्मा पाएको प्लानेकथ्री फिल्म्स्ले पेन्सिलभेनियाको पिचवर्गमा सिनेमा देखाउने कार्यक्रम राखेकै दिन हामी घुमघामको क्रममा त्यहाँ पुगेका थियौँ । सिनेमा हेर्न पाउँदा हाम्रो भ्रमण अरु यादगार हुन गयो । स्थानीय एक चर्चको हलमा लगभग डेढ सयको सङ्ख्यामा भेला भएका नेपालीमाँझ ‘लुट’ हेर्दा रिलमा त मजा भयो नै, रियलमा पनि रमाइलो महसुस भयो । यो रमाइलो उच्चतहमा पुग्नुको कारण अर्को पनि थियो, मैले छेवैमा ‘आफ्नै मान्छे’लाई राखेर बर्षौपछि सिनेमा हेर्न पाएको थिएँ । एकछिन त बिर्सेँ पनि, हामी सानेपामा खाजा खाएर गुण सिनेमामा आएर फिल्म हेर्दैछाँै कि ! वा हामी कुमारीमा ‘लुट’ हेर्दैछौँ, अब पुतलीसडक हुँदै घर (कोटेश्वर) जानुछ ।

नेपालमा नेपाली सिनेमा हेर्दा सिनेमाभित्र वस्तुगतता र स्तरीयता खोजिन्थ्यो । स्तरीयताको खोजी जारी छ नै, साथै देशबाहिर नेपाली सिनेमा हेर्दा सिनेमासँग भावनाको ठूलो सम्बन्ध हुँदोरहेछ । यस्ता भावनाका रङ्गरुप थुप्रै भएपनि नेपाली हुनुको बोध प्राथमिक हुँदोरहेछ । कला, साहित्य, सङ्गीत, सिनेमा आदिले समाज र समुदायलाई एकताबद्ध पार्न महत्वपूर्ण भूमिका खेल्न सक्छन्/खेलिरहेका छन् । तसर्थ स्तरीय सिनेमाको निर्माण र नेपाली सिनेमालाई नेपालबाहिर पु¥याउने प्रयास दुवै कामहरु सँगसँगै हुनुपर्छ । यसले व्यवसायिक फाइदा दिन्छ नै, यसको भावनात्मक र मनोवैज्ञानिक लाभ अतुलनीय छ । जतिसुकै प्रगति र जस्तोसुकै प्रविधिबाट जति पुस्ता गुज्रेपनि आखिर ‘यो मन त मेरो नेपाली हो !’

yuba21harihar@yahoo.com

www.facebook.com/yuba21harihar

Posted in पाहुनाको पालो | Leave a comment

AFC च्यालेन्ज कप : नेपाल Vs प्यालेस्टाइन (लाइभ अपडेट)

अपडेट : आज भएको एएफसी च्यालेन्ज कपमा नेपालले प्यालेस्टाइनसँग २ गोलको पराजय भोगेको छ । प्यालेस्टाइनले खेलको ४ र ६५ मिनेटमा गोल गरेको थियो । दुबै गोल अत्तेहले गरेका थिए ।

अहिले AFC च्यालेन्ज कपमा नेपाल र प्यालेस्टाइन भिड्दै छन् । खेल हेर्न पुग्नु भएका तथा टि भी मा हेर्नु भएका साथीहरुले ट्विटरमा गर्नुभएको अपडेट यहाँ राखिएको छ । #AFCChallengeCup ट्यागहरु प्रयोग गरी गरिएका ट्विटहरुको लाइभ अपडेट यहाँ प्रस्तुत गरिएको हो । अपडेट भित्र हेर्नुहोस्

new TWTR.Widget({ version: 2, type: ‘search’, search: ‘#AFCChallengeCup ‘, interval: 30000, title: ‘AFC च्यालेन्ज कप’, subject: ‘live twitter updates’, width: 450, height: 300, theme: { shell: { background: ‘#8ec1da’, color: ‘#ffffff’ }, tweets: { background: ‘#ffffff’, color: ‘#444444’, links: ‘#1985b5’ } }, features: { scrollbar: false, loop: true, live: true, behavior: ‘default’ }}).render().start();

#afc ट्यागका ट्विटहरु

new TWTR.Widget({ version: 2, type: ‘search’, search: ‘#NepalvsPalestine’, interval: 30000, title: ‘AFC च्यालेन्ज कप’, subject: ‘live twitter updates’, width: 450, height: 300, theme: { shell: { background: ‘#8ec1da’, color: ‘#ffffff’ }, tweets: { background: ‘#ffffff’, color: ‘#444444’, links: ‘#1985b5’ } }, features: { scrollbar: false, loop: false, live: true, behavior: ‘all’ }}).render().start();

Posted in सन्दर्भ बिशेष | Leave a comment

होलीमा अनुहार

कतिलाई होलीको शुभकामना भनिरहनु भनेर अनुहारमै शुभकामना पोतिदिएको रे ।

होलीमा देखिएका थप कलात्मक र रंगीन फोटोहरु हेर्न भित्र आउँनुहोस्
यस्ता अमुर्त रंगरोगन गरेका अनुहार होलीमा छ्याप्छ्याप्ती भेटिएका थिए ।

निकै बाक्लै इनामेल दलेछन् । दुख पनि गरे होलान् । तर इनामेलले खराबी पो गर्ने हो कि हैन ।

अनुहारबाटै झल्कन्छ होली भनेको माया, सद्भाभाव र हार्दिकताको पर्व हो भनेर ।

यी युवतीको भने पोज नै यस्तै । कसैले क्यामेरा यीनी तिर सोझ्यायो कि आँ गरेर जिब्रो बाहिर निस्किहाल्थ्यो । किन नि सँधै जिब्रो बाहिर भनेको जिब्रो बाहिर निकाल्दा विन्दास देखिन्छु रे । लौ सँधै विन्दास भइरहनु ।

यसपाली होलीमा कलात्मकता भन्दा इनामेलको बिक्री बढाउँने र मान्छे तर्साउँने खालका अनुहार धेरै देखिए ।

यी तलका साथीहरु भने वातावरणमैत्री होली मनाउँने धुनमा रहेछन् । तिहारमा देउसीको झल्को दिने गरि ‘गो ग्रिन गो ग्रिन’ भन्दै हिडिरहेका थिए । ‘गो ग्रिन’ भनेको होलीमा पनि हरियो पोतेर हिड्नु भनेको हो रै छ कि क्या हो !

अन्त्यमा, काठमाण्डौलाई पुरै पागल बनाउँदै रंगहरुको पर्व होली बिदा भएको छ । अर्को साल अझ रमाइलो गरौला ।

Posted in सन्दर्भ बिशेष | Leave a comment

ह्याप्पी फागु !!!

हामी साना छँदा फागु खुब धुमधामसँग मनाइन्थ्यो । गोजीभरी अबिर बोकिन्थ्यो । अनि पत्ति रंग पानीमा घोलेर बोतलका बोतल बोकिन्थ्यो । इनामेलको चलन थिएन । मुखमा जति पोतिन्थ्यो भोलीपल्ट साबुनले एक पटक धुने बित्तिकै जान्थ्यो । काठमाण्डौ आए पछि चाल पाइयो । हाम्रो फागु यहाँ त होली भनेर मनाइदो रहेछ । काठमाण्डौमा कसैले फागु खेल्ने भनेको त सुनेको नै छैन । रंगका नाममा मुख भरी इनामेल पोतिदो रहेछ । तर जे भने पनि र अरुलाई दुख नहुने गरी रंगहरुको यो पर्व खुसीयालीले मनाऔं । मिलेर मनाऔं । यसबर्षको फागु/होलीको धेरै धेरै शुभकामना । ह्याप्पी होली ।

Posted in सन्दर्भ बिशेष | 4 Comments

लौ ! हाम्रा मन्त्रीज्यू त विदेशमा समातिएछन् त !!

पर्यटन तथा नागरिक उड्डयन लोकेन्द्र विष्ट हिजो दिउँसो जर्मनीको एक सम्मेलन (ट्राभल र पर्यटनसँग सम्बन्धित आइटिबी बर्लिन)मा भाग लिन जर्मनी उडेका थिए । तर आज एकाएक विदेशमा समातिएको खबर आईरहेको छ । नागिरकन्युजका अनुसार उनी पत्नी सहित कतारमा समातिएका हुन् रे । फेरि कान्तिपुर भन्छ उनी युएइको अबुधावीमा समातिएका हुन् । ठ्याक्कै कहाँ समातिएका रहेछन् पछि पक्कै पत्ता लाग्ला नै ।

यसै त सभासदको रातो पासपोर्टमा सभासदको फोटो उप्काएर आफ्नो टाँस्दै विदेश उड्दै गरेका भेटिएका बेला मन्त्री पनि भिषा कै कारण समातिनु चै अचम्मै हो । तर अहिले सम्म जानकारीमा आए अनुसार उनी पक्राउ पर्नुको कारण भने अनौठो भएको थाहा भएको छ ।

कुटनीतिक भाषामा भन्ने हो भने मन्त्री बिष्टज्यूको भिषामा समस्या आए पछि संयुक्त अरब इमिरेट्स (युएई)को अवुधावी अन्तर्राष्ट्रिय विमानस्थमा प्रहरीले नियन्त्रणमा लिएको हो रे । ठुला देशका मन्त्री भए कुरै बेग्लै हुन्थ्यो, देश सानो भएकाले मन्त्री पनि सानै । कसैले चिनेनछन् बरालाई । रातभर अबुधाबीको अध्यागमन प्रहरीले हिरासत लिएछन् ।

बरु भिषामा समस्या भनेको चै के रैछ ? हामी सर्वसाधारणलाई भिषामा आउँने समस्या के थाहा है ! बुझ्ने गरि सोझो भाषामा भन्ने हो भने भिषा नै नभई मन्त्रीज्यू जर्मनी तिर लाग्नु भाको रे । उहाँसँग त जर्मनीको भिषै पो रहेनछ । मन्त्री हुँ पुगीहाल्छु नि भनेर त हिड्नु पक्कै भएको थिएन होला ।

उहाँले रातभरमा कतिपल्टमात्र म नेपालको मन्त्री हुँ भनेर सुनाउँनु भयो होला । तर के मान्थे । कही मन्त्री जस्तो मान्छेले पनि भिषा नलिइ हिड्छ ? कर्मचारीले सबै मिलाउँदैनन् ? अनेक प्रश्न गरे होलान् । बिचरा ति अबुधाबीका प्रहरीलाई के थाहा ! आफ्नै देशाँ जस्तो सोचे होलान् । ति मन्त्री त नेपालका पो थिए त ।

हुन त हाम्रा देशको थिती तिनलाई के थाहा र ? तर थिती मिलाएर काम गर्ने भए एसियाकै बुढो देश विकाशमा निकै माथि हुनु पर्ने अनुमान त तिनको पनि हुनु पर्ने ।

Posted in समाचार विश्लेषण | 6 Comments

बबरमहलमा बम बिष्फोटको प्रारम्भिक प्रतिवेदन र अभियुक्तहरु सार्वजनिक

यो तस्विरका ७ जनाहरु बबरमहल बम बिष्फोटका अभियुक्तहरु हुन् । यसमा रहेका ६ जनालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । तर बीचमा रहेका मुख्य अभियुक्त देवराज लामा भने अझै फरार छन् । गत सोमबार तिन जनाको ज्यान जाने गरि बबरमहलमा भएको बम बिष्फोटमा जिम्मेवारहरु प्रहरीले एक साता नबित्दै पत्ता लगाएको हो । उसले पत्रकार सम्मेलन गरेर ६ जना अभियक्त सहित घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन हेर्न भित्र आउँनुहोस् 

घटना विवरण
मिति २०६८।११।१५ गते का.जि.का.म.न.पा.वडा नं.११ बबरमहल स्थित नेपाल आयल निगमको प्रवेश द्वारमा अं.१३:१० बजेको समयमा बम विष्फोटन हुँदा ३ जनाको मृत्यु हुनको साथै ७ जना घाईते भएको । घटनाको जिम्मेवारी संयुक्त जातिय मुक्ति मोर्चा विश्वक्रान्ति समूहले लिएको । प्रारम्भीक अनुसन्धानमा खुले अनुसार बिष्फोटनमा HIGH EXPLOSIVE DETONATION WITH DELAY MECHANISM IMPROVISED IN METAL PIPE को प्रयोग भएको पाईएको ।

अनुसन्धानमा खुलेका कुराहरु:-
१) संयुक्त जातिय मूक्ति मोर्चाका प्रवक्ता विश्वक्रान्ति, प्रेम तामाङ्ग, सुरेश तामाङ्ग, सागर लामाको प्रत्यक्ष संलग्नतामा घटनाको केही हप्ता पहिले काठमाण्डौंको कपनमा बसी काठमाण्डौं उपत्यकाका केही स्थानहरुलाई चयन गरी बिष्फोटन गराउने योजना तय गरेको ।

२) आफ्नो मोर्चालाई आम जनसमुदाय बिच परिचित बनाउन एवं आर्थिक संकलनमा समेत सहयोग पुग्ने उद्देश्यका साथ बम बिष्फोटन गराउने निर्णय।

३) Explosion Site Selection गर्दा बर्तमान समस्या (ईन्धनको अभाव) लाई केन्द्रबिन्दुमा राखेर Public Sympathy & Publicity Stunt को रुपमा नेपाल आयल निगमको कार्यालय परिसर छनौट गरीएको ।

४) बिष्फोटनको योजना बनेपछि मिति २०६८।१०।२४ गते देखि नै Site Selection गर्न बुद्धि बहादुर गोले सक्रिय रहेका ।

५) बुद्धि बहादुर गोलेको सिनामंगल स्थित डेरा कोठामा नै बिष्फोटमा संलग्न व्यक्तिहरु भेला जम्मा भई योजनालाई मूर्त रुप दिन छलफल गर्ने एवं बम बनाउने कार्य सम्पन्न गरेको ।

६) घटनाको दिन बिहान ०९:०० बजे देखि नै सुरेश लामा, सागर तामाङ्ग, प्रेम तामाङ्ग मिलेर वानेश्वर, अनामनगर क्षेत्र एवं राधा कम्प्लेक्समा भेला जम्मा भई घटनास्थलको निरन्तर रुपमा रेकी गरेको ।

७) घटनाको दिन Time Delay Mechanism सहितको Explosive Device बिष्फेट हुनु भन्दा करीब आधा घण्टा पहिले नै Blast Site मा Plant गरेको ।

पक्राउ मानिसहरु

१) नाम : भिम बहादुर तामाङ
उपनाम : विश्वद्विप
पेशा : केन्द्रिय सदस्य, सं.जा.मु.मो.
उमेर : ३५ वर्ष
ठेगाना : ओखरपौवा ६ ठूलोचित्रे, नुवाकोट
जिम्मेवारी : घटनाको योजनाकार एवं नुवाकोटमा २०६६ सालमा पाण्डु लामालाई कर्तव्य गरी मारेको मुद्धामा फरार अभियुक्त

२) नाम : निमा दोर्जे तामाङ
उपनाम: आबिष्कार तामाङ
उमेर : ३० वर्ष
ठेगाना : गोस्वारा २, दर्गा, रामेछाप हाल थापागाउँ चोक, नयाँ बानेश्वर, काठमाण्डौं
जिम्मेवारी : घटनाको योजनाकार तथा बिगतमा सं.जा.मु.मो. द्वारा गराईएका बिष्फोटनमा संलग्न

३) नाम : बुद्धि बहादुर गोले
पेशा : बबिता वास गार्मेन्ट, शान्तिनगरमा काम गर्ने
उमेर : ६० वर्ष
ठेगाना : हेटौडा पदमपोखरी ४, मकवानपुर हाल शान्तिनगर, काठमाण्डौं
जिम्मेवारी घटनाको योजनाकार तथा स्थान छनौट गर्ने, बम बनाउने सामाग्री जुटाउने एवं योजनालाई अन्तिम रुप दिने व्यक्ति

४) नाम : प्रेम तामाङ्ग
उपनाम : प्रितम
पेशा : केन्द्रिय सदस्य, सं.जा.मु.मो.
उमेर : २८ वर्ष
ठेगाना: छत्रे ७, दमदमी, धादिङ्ग
जिम्मेवार : बम बनाउने, बम राख्ने तथा रेकी गर्ने

५) नाम : सागर लामा
उपनाम : रमेश
पेशा : केन्द्रिय सदस्य, सं.जा.मु.मो. तथा सहचालक
उमेर : २० वर्ष
ठेगाना : नौबिसे ८ धुसेली धादिङ्ग
जिम्मेवारी : बम बनाउने, बम राख्ने तथा रेकी गर्ने

६) नाम : सुरेश लामा
पेशा : बबिता वास गार्मेन्ट, शान्तिनगरमा काम गर्ने
उमेर २० वर्ष
ठेगाना : तसरपुर ६, धादिङ हाल शान्तिनगर, काठमाण्डौं
जिम्मेवारी : बम बनाउने, बम राख्ने तथा रेकी गर्ने









फरार मानिसहरुः
१) देवराज लामा “विश्वक्रान्ति” अध्यक्ष, सं.जा.मु.मो. (मूख्य योजनाकार)

२) संयुक्त जातिय मूक्ति मोर्चाका अन्य सदस्यहरु तथा सहयोगीहरु

बरामद सामानहरुः

  • जिलेटिन १० लोला
  • बम बनाउन प्रयोग हुने प्रेसर कुकर १ थान
  • बम बनाउन प्रयोग हुने जि आई पाईपको टुक्राहरु
  • बिष्फेट गराउन प्रयोग हुने तारहरु
  • संयुक्त जातिय मुक्ति मोर्चाको अवधारणा पत्रहरु

मोर्चाले गराएका विष्फोटका घटना

  • मिति २०६६।०८।१३ गते धादिङ्गको नौबिसे गा.बि.स.कार्यालयमा बम बिष्फोट।
  • मिति २०६६।०९।०४ गते धादिङ्गको छत्रेदेउराली स्थित भञ्ज्याङ्गपोखरीमा बम राखेको।
  • मिति २०६६।१०।०७ गते धादिङ्गको नौबिसे ८ स्थित त्रिभुवन राजपथमा बम बिष्फोट।
  • मिति २०६६।११।१० गते नौबिसे ४ कानाकोटमा बिष्फोटन।
  • मिति २०६६।१२।२८ गते छत्रेदेउराली गा.बि.स.मा बम राखेको।
  • मिति २०६७।०२।१६ गते नौबिसे गा.बि.स.मा बिष्फोटक पदार्थ राखेको।
  • मिति २०६७।०४।०४ गते तसर्पु ९ दामेचौर धादिङ्गमा गाडिमा तोडफोड तथा लुटपाट।
  • मिति २०६७।०५।२० गते थाक्रे धादिङ्गमा टि्रपरमा आगजनी।
  • मिति २०६८।११।१२ गते एनसेल धादिङ्गको टावरमा बम बिष्फोटन

अपराध : कर्तव्य ज्यान तथा बिष्फोटक पदार्थ सम्बद्ध ऐन अनुसारको अपराध।

कानुनी कारवाहीः पक्राउ अभियुक्तहरुलाई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौं पठाईएको।

Posted in समाचार विश्लेषण | 4 Comments

आफै बच्नुस्, तपाईलाई कसैले बचाउँदैन

हिजोमात्र कालिमाटी तरकारी बजारमा लागेको आगोले ६ जनाको ज्यान लियो । करोडौंको क्षति भयो । तर सञ्चारमाध्यम एउटा पार्टी विशेषको गाली सम्मेलन (अर्को पार्टीलाई सम्पुर्ण दोष खन्याएर आफु पन्छिने सर्वोत्तम उपाय) को प्रत्यक्ष प्रसारणमा मग्न छन् । हामी त्यसमै भुलेका छौं । हिजोको आगलागीका बारेमा केही बहस तथा चिन्तन भएका छैनन् । र, हुदैनन् पनि । हिजो फागुन महिनाको २० गते काठमाण्डौमा भएको आगलागीको वास्तविक कारण हालसम्म पत्ता लागेको छैन । यो केही विशेष कारणले भएको हुन सक्छ ।

तर अब फागुन, चैत्र र बैशाखमा देशभरका ठाउँहरुमा लाग्ने आगलागीका सम्भावित कारणहरु भने त्यति विशेष हुदैनन् । पोहोरका बर्ष झै यस बर्ष पनि धेरैले आगोमा परेर ज्यान गुमाउँनु पर्ने छ । थोरैमात्र जनचेतना विस्तार गर्ने हो भने र राज्य चनाखो हुने हो भने त्यस्ता सम्भावित खतरा टार्न सक्ने वा क्षति न्युनिकरण गर्न सक्ने स्थिती बन्नेछ । तर यहाँ कसलाई छ त्यसको खाँचो । मिडियालाई दुर्घटनाको लाइभ देखाउँन पाए पुग्यो, कर्मचारीलाई छानविन आयोगमा बस्नु छ, सरकार र सरकारी निकाय ? भो कुरै नगरौं ।

हिजो भएको घटनामा एकछिन विचार गरौं । हिजो लगभग १० बजे आगलागी सुरु भएको थियो । तर प्रहरी पुग्यो आधा घण्टा पछाडी मात्र । राजधानी, जहाँ सुरक्षाकर्मीको घनत्व यत्ति धेरै छ, मा त यस्तो हालत छ भने तपाईको घर कहाँ छ ? अनुभवी र तालिम प्राप्त उद्दारकर्ता कहिलेसम्ममा आईपुग्लान् ?

फेरि दमकलको हालत पनि हिजै देखियो । दन्दनी बलिरहेको आगो त्यसै छाडेर पानी सकिएर भएका रुघ्ण दमकलहरु पनि फर्किन बाध्य भए । अझ कालिमाटी त सजिलै दमकल पुग्न सक्ने स्थानमा थियो । असनका गल्लीहरुमा र घट्टेकुलोका भित्री टोलहरुमा आगलागी भए रामनाम जप्नुको विकल्प के होला र ?

एक त राम्रा दमकलहरु छैनन्, अर्को पानीको प्रयाप्त स्रोत छैन । त्यसमाथी दमकल तथा एम्बुलेन्स सजिलै पुग्न सक्ने बाटाहरु छैनन् । यो काठमाण्डौको मात्र समस्या होइन, पुर्वतयारी र सावधानी नहुँदा देशभर नै यही समस्या छ । कहिँ बाटोको समस्या, कहिँ पानीको समस्या त कहिँ तालिम प्राप्त उद्दारकर्मीको समस्या ।

तर घटनाको २४ घन्टा नबित्दै बिर्सने हामीहरु आफुलाई नपरी चेत्दैनौं । हामीलाई चनाखो भएर धनजन जोगाउँनु भन्दा खुलामञ्चमा अर्कालाई गाली गर्न बितेको छ । कुनै दल वा पार्टी वा संगठनले कहिले होसियार आगलागी हुन सक्छ है भनेर साबधान गराएको सुनेको छैन । संगठनहरु त काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागेका छन् । होस गरौं । परेर चेत्नलाई आफै बाँकी नहोइएला कि !

यसैले आफुलाई थाहा भएका सावधानीका उपाय अपनाऔं । कुनै पनि हालतमा आगो तथा आगोजन्य वस्तुसँग वेवास्ता नगरौं । बाँच्नका लागि त्यति गर्नै पर्छ । देश भर नै कहीँ पनि आगलागीका लागि कुनै पनि निकाय तयार अवश्थामा छैन । तपाई आफै तयार रहनु पर्छ ।
नोट : तस्विरहरु गुगलबाट सर्च गरिएका हुन् । स्रोत खुलाउँन नसकेकोमा क्षमाप्रार्थी छु ।

Posted in खुल्ला बहस | 4 Comments

कालिमाटी तरकारी बजारमा भिषण आगलागी

करिब १२:१५ बजे : आगो लगभग नियन्त्रणमा आयो । केही बेर अघि भेटिएकी घाइते महिलालाई छाउनी अस्पताल लगिएको प्रहरीले बतायो ।

करिब १२:१० बजे : पानी सकिएर फर्किएको एक दमकल घटनास्थल आइपुग्यो ।

करिब १२:५ बजे : एक जना महिला आगोमा जलेर घाइते भएको अवश्थामा भेटिएर अस्पताल लगिएको । प्रहरीबाट पुष्टि भएको छैन ।

करिब १२ बजे : दुर्घटनास्थलमा जम्मा भएका पाँच दमकल मध्ये अहिले एउटा मात्र दमकल घटनास्थलमा रहेको छ । पानीको अभाव भनेर अरु दमकल फर्किसकेका छन् । ९० प्रतिशत नियन्त्रणमा आएको भनिएको आगो अहिले केहि बढेको अनुभव हुन्छ । आगो नियन्त्रणमा लिन नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरीले ग्यासको प्रयोग गरिरहेका छन् ।

तरकारी बजारमा आगो लाग्दाको अबस्था (तस्विर : एभिन्युज टिभी)

काठमाण्डौको कालिमाटी फलफूल तथा तरकारी बजारमा आज राती करिब १० बजेतिर एक्कासी तरकारी बजारको मुख्य घरमा आगलागी भएको छ । अहिले यो ब्लग लेख्दा (समय रातको ११:३० मा) पनि आगो नियन्त्रणमा आइसकेको छैन । उपत्यकाका सबै दमकल घटनास्थलमा जम्मा भएका छन् । अहिले सम्म कुनै मानविय हताहती भएको जानकारीमा आएको छैन ।

कसरी लागेको थियो आगो ?
आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । तर प्रहरीले जनाए अनुसार विद्युत सर्ट भएर आगो लागेको हुन सक्छ ।

दुर्भाग्य ! आगलागीमा परेर ६ जनाको मृत्यु
आगलागीमा परेर मृत्यु हुनेमा दाङ घर भइ कालिमाटीमा तरकारी व्यापार गर्दै आएका हिराबहादुर पुन, उनका छोरा निराजन छोरी लिला पुन रहेका छन् । मृतक पुनकी श्रीमतीको भने गम्भिर अवश्थामा छाउनीमा उपचार भइरहेको छ । अन्य तिनको भने सनाखत हुन सकेको छैन ।

Posted in समाचार विश्लेषण | 2 Comments

ब्लाकबोर्ड, चक र डस्टर

-सरण राई-
लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा रोकिन्छन् । लेखिएका अक्षरहरू मेटिन्छन्, एक हातमा डस्टर अर्को हातमा चक, ऊ कराइरहेको हुन्छ, अझ ठूलो स्वरमा, ठूलो स्वरमा कराइरहेको हुन्छ ।


यो संसार हो, सानो संसार प्रत्येक हरेकको हुन्छ । यो संसारलमई मधुर, रमणीय र भव्य बनाउने प्रत्येकको कल्पना हुन्छ । हिउँ पग्लिदै जान्छ तर हिमालमा हिउँ खाली नभएझैँ जीवन कल्पनाशून्य हुन सक्दैन । हिउँले पग्लेर पानी हुनै पर्छ । जीवनको सुन्दरता सम्झना हो, सम्झना सधैं बाँचिरहेको हुन्छ । त्यो मानिस सबैभन्दा ठूलो मानिस हो, जसलाई धेरै मानिसहरू सम्झन्छन् ।

ब्लाकबोर्डभरि लेखिएका सुन्दर अक्षरहरू मेटिन्छन् । कसले कल्पना गर्न सक्छ— केहीबेरअघि त्यहाँ सुन्दर अक्षरहरू थिए । चक पनि जीवनजस्तै हो, सिङ्गो चक चेतनामा जीवित अर्थलाई यथार्थमा सजीवता दिन ब्लाकबोर्डमा घस्रिदाघस्रिदै छोटो हुन्छ । ज्यादै छोटो भएर लेख्न अप्ठ्यारो भएको टुक्रालाई मायालाग्दो दृष्टिले हेर्छ, मानौं त्यो धीत नमरीकनै फ्याँक्नुपरेको चुरोटको ठुटो हो । ऊ चकको टुक्रालाई फ्याँक्छ तर उसलाइृ लाग्छ ऊ आफै पनि त्यो चकको टुक्राझैँ फ्याँकिएको छ ।

चक र उसले आफ्नै जीवनको तुलना गर्न खोज्छ— केही समानताहरू भएको महसुस गर्छ । चक जुन उद्देश्यको निम्ति सृष्टि गरिएको हो, त्यो पूरा भइसकेको छ तर उसको सृष्टि कुन उद्देश्यको निम्ति गरिएको हो, ऊ ठम्याउन सक्दैन । भविष्य, केवल सिङ्गो भविष्यप्रति आस्थावान् बिद्यार्थीहरूको चेहराहरूमा ऊ आफ्नो सृष्टिको छाया हेर्न खोज्दछ । ऊ ब्लाकबोर्डमा उसैले लेखेको रेखाचित्र हेर्छ, ब्लाकबोर्ड, चक र डस्टर— ऊ ठम्याउन सक्तैन केका निम्ति उसको अन्त भइरहेको छ ?

कोठा, बिद्यार्थीहरू, झ्यालबाट बाहिर देखिने हरिया चउर, रुखहरू उसले बिनाउद्देश्य आफ्नै विचारमा तल्लीन भएर हेरिदिन्छ । बगैचामा माली लगनसित फूलका बोटहरूलाई स्याहारिरहेको छ, गोडिरहेको छ । फूल सबैलाई प्यारो छ, तर फूलसित गाँसिएको गरिब मालीको श्रम र पसिना फूलको सौन्दर्यले ढाकिदिएको हुन्छ अनि फूलको बास्नामा मालीको पसिनाको गन्ध आयो भने मानिसहरूलाई फूल राम्रो लाग्दो होला ? श्रेणीको एक छेउमा बिद्यार्थीहरूको खासखुस कुराकानी गराइले उसलाई श्रेणीको यथार्थमा ल्याएर उभ्याइदिन्छ । श्रेणी उसको संसार हो, अझ उपयुक्त भाषामा उसको युद्धभूमि, उसका हतियार चक, डस्टर, ब्लाकबोर्ड र आवाज । बिद्यार्थीहरूको अज्ञानता उसको दुस्मन, बिद्यार्थीहरूलाई बुझाउन सक्नु उसको विजय । ऊ फेरि पढाउन थाल्छ, पढाउन लाग्दा उसलाई अनुभव हुन्छ— ऊ नेता हो, हजारौँ मानिसहरूलाई आफ्नो विचारधारामा हिडाउने प्रयत्नमा भाषण दिइरहेछ, पिता हो आफ्ना छोराछोरीलार्इ ज्ञानका अर्तिहरू दिइरहेछ, अभिनेता हो, रङ्गमञ्चमा उभिएको छ । पूर्णताको अनुभव उसलाई त्यसबेला हुन्छ जुनबेला ऊ श्रेणीमा उभिएको हुन्छ ।
उसको हातमा चक र डस्टर हुन्छ, पछाडि ब्लाकबोर्ड र अगाडि ध्यानपूर्वक सुनिरहेका बिद्यार्थीहरू, ऊ पीडापूर्ण, अभावग्रस्त यथार्थ संसारभन्दा हजारौ कोस टाढा हुन्छ ।

“मलाई सरलाको जस्तै फ्रक ल, बुबा ।”

“मलाई नीलो प्यान्ट ।”

“त्यो डाक्टरले लेखिदिएको औषधी ल्याउन नबिर्सनुहोला नि ।”

फ्रक, प्यान्ट, औषधि, अनन्त आवश्यकताहरू । सीमित र निश्चित तलब, भौतिकवादी विश्वमा हरेक चीजलाई ठोस रूप दिन सक्नुपर्ने । आफ्नो जहानपरिवारलाई माया गर्दछ, त्यो मायालाई फ्रक, प्यान्टमा परिणत गर्न सक्नुपर्ने । घर फर्कदा रोगी श्रीमती खोक्दैखोक्दै सुतिरहेकी, औषधी नदेख्दा चिया पाक्ने कुरै उठेन, सुर्ती तमाखु ल्याएदिएन भनेर बूढो बाबु उस्तै ठुस्किएको, केटाकेटीको कुरै गर्नु परेन । पढाउनेको छोरो पढ्नै नसक्ने हो कि ? बुझेर पनि बुझ्पचाउनुपर्ने, जानेर पनि नजान्नुपर्नेछ उसको यथार्थ संसार ।

ब्लाकबोर्डमा लेखेको रेखाचित्र डस्टरले मेट्छ । ऊ फेरि ब्लाकबोर्डमा लेख्न सक्छ अनि मेट्न सक्छ तर आफ्नो निधारमा लेखिएको भाग्यलाई मेट्न सक्दैन । श्रेणीमा चारैतिर प्रत्येक बिद्यार्थीहरूलाई सरसरती हेर्छ— मानौं ऊ त्यहाँ हराएको आफ्नो अस्तित्व खोजिरहेछ । कोही बिद्यार्थी नोट टिप्न तल्लीन छन् भने कोही झ्यालबाट बाहिर ओहोरदोहोर गरिरहेका युवतीहरू हेर्नमा । ऊ सबैको ध्यानलाई अझ बढी आकर्षण गर्न अझ साह्रो कराउँछ, कराउने बानी भइसकेको छ, भटभटाउनु र बरबराउनु । ऊ बौलाहाझैँ बरबराइरहेको छ ।

झरनाझैँ ऊ आफैले बोलेको आफै बुझ्न सक्तैन कि झैँ गरेर । हाँसोको लहर फुट्छ सम्पूर्ण श्रेणीभरि, उसले आफूलाई जोकर अनुभव गर्छ । सतर्क हुन्छ— ऊ साँच्चै बौलाहा त रहेको छैन । ऊ आफ्नो विषयवस्तुलाई स्पष्ट पार्न उदाहरणहरू दिदै जान्छ, भन्दै जान्छ, कराउदै जान्छ । ऊ आफ्नो आवाजको उच्चतम बिन्दुमा पुग्दा अनुभव गर्छ— ऊ र हाटबजारमा बिज्ञापन गर्दै कराउनेमा फरक छैन, छ भने दुईमा एउटा कोठाभित्र कराउँछ अर्को बीच बजारमा ।

बूढो शरीरमा कराउँदा रगतको सञ्चार भएर हो कि ऊ आफुलाई तन्नेरी अनुभव गर्न पुग्छ । ऊ फेरि आफ्नो बिद्यार्थीजीवनलाई सम्झन पुग्छ, बिद्यार्थीजीवनका उसका सहपाठीहरू कोही मन्त्री भए, काही डाक्टर, प्रशासकीय हाकिम, ऊ भने अझै बिद्यर्थीहरूकै माझ बिद्यार्थीजस्तै दुःखी छ । उसले पढाएको बिद्यार्थीहरूसमेत हाकिम भएका छन्, कैयौं तले अग्ला घरहरूको मालिक भइसकेका छन् तर उसको भने उही अवस्था छ ।

आज उसलाई बिद्यार्थीजीवनका उसका आकाङ्क्षाहरूको सम्झना आउँछ— कति अकासिएका उसका आकाङ्क्षाहरू थिए । मुटु च्वास्स दुख्छ तर अब त मुटुको रोग भइसकेको उसलाई मुटु दुख्नु साधारणझैँ लाग्छ । झ्यालबाट ऊ बाहिर हेर्छ, आकाश धुम्मिएको छ— पानी पर्ने सम्भावना छ ।

आफ्नो सम्पूर्ण बुद्धि, तर्कशक्ति लगाएर ऊ आफ्नो विषयवस्तुलाई स्पष्ट पार्ने कोसिस गर्छ । यदि उसले त्यो विषयवस्तुलाई बुझाउन सकेन भने बिद्यार्थीहरूले फेरि कहिल्यै बुझ्न सक्नेछैनन् वा बुझ्ने समय पाउनेछैनन् । श्रेणीका सम्पूर्ण बिद्याथीहरूको भविष्य उसको परिश्रममा भर पर्छ, ऊ उनीहरूको भविष्य निर्माण गरिरहेको छ, ज्ञानको बाटोतिर तिनीहरूलाई बढाएर । उसले बिद्यार्थीहरूलाई बुझाउन सक्नुमा नै उसले बुझेको सार छ, अन्यथा उसले बुझेको कुनै प्रयोजन छैन— उसलाई यो राम्ररी थाहा छ । ऊ कराउदै जान्छ, उसको घाँटीका नसाहरूसमेत फुल्दै जान्छन् ।

घन्टी बज्छ । सधैंझैँ चक र हाजिरकापी हातमा चयापेर ऊ श्रेणीबाट बाहिर निस्कन्छ । उसलाई अनुभव हुन थाल्छ, उसको घाँटी सुकिरहेको छ— पानी खान्छ । ऊ आफ्ना पुराना केही किताबहरू च्यापेर घरतिर छिटोछिटो लाग्छ । पानी पर्ने सम्भावना छ तसर्थ सब मानिसहरू छिटोछिटो हिँडिरहेका हुन्छन् । तर जब उसलाई देख्छन्, सडकमा मानिसहरू मुसुमुसु हाँसिरहेका हुन्छन् । ऊ आफ्नो शरीर हेर्छ, केही खराबी त छैन ? कोट जुत्ताभरि चकको घुलैधुलो छ, टकटकाउँट, सितिमिति कहाँ चकको धुलो झर्ने हो र ! ऊ सम्झन्छ फ्रक, पेन्ट र औषधी, गोजी छाम्छ रित्तो छ, उसले रित्तै फर्कनुपर्ने हो, रित्तै फर्कन्छ ।

उसलाई लाग्छ अझै मानिसहरू उसलाई हेरेर हाँसिरहेका हुन्छन्— मानौं ब्लाकबोर्डमा रङ्गीचङ्गी चकले लेखिएको ऊ एउटा हाँसो उठ्दो कार्टुन हो वा ऊ सिङ्गो ब्लाकबोर्ड हो जसमाथि थुप्रै हाँसो उठ्ने ब्यङ्गचित्र कोरिएको छ, जसmाई देख्दा जो पनि हाँस्छ, ऊ ब्लाकबोर्ड, चक र डस्टर….

मानिसहरूको कठोर आँखाबाट लुक्न ऊ अझ छिटोछिटो लम्कन्छ ।

साभार : सरन राईको फेसबुक नोटबाट

Posted in साप्ताहिक साहित्य | Leave a comment